५ दल र निर्वाचन आयोगबीच राष्ट्रियसभा निर्वाचनबारे छलफल

निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रिया बारे राष्ट्रिय दलसँग परामर्श लिएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २४ माघमा हुने राष्ट्रियसभा निर्वाचनकालगायतका विषयमा दलहरुको धारणा बुझ्न छलफल गरेका थिए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल २ हजार ५६ मतदाता छन् । बैठकपछि एमाले नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको प्रतिक्रिया दिए । उनले भने,‘सरकारले संविधान र कानूनअनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्ने नै छ । अस्थायी राजधानी तोक्दा राजनीतिक सहमति हुने मैले विश्वास लिएको छु ।’

बैठकपछि कांग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफल भएको प्रतिक्रिया दिए । बैठकमा एमालेबाट नेता नेम्वाङ, अग्नि खरेल, कांगेसबाट नेता लेखक, बालकृष्ण खाण, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिँडारी रहेका थिए भने संघीय समाजवादी फोरमबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीबाट महन्थ ठाकुर सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार