जलविद्युतलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव आतुर : राजदूत पुरी

काठमाडाै । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीचको भेटवार्ता मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा भएको हो ।

अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ । भारतीय राजदूतसँगको भेटमा उपराष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपाल राजनीतिक स्थिरता र आर्थिक समृद्धि तर्फ अगाडि बढ्नेमा विश्वास लिए ।

भने, उपराष्ट्रपति पासाङले युगाैँदेखिको नेपाल–भारत सम्बन्ध सांस्कृतिक, धार्मिक, भाषिकलगायतका क्षेत्रमा जनस्तरसम्म प्रगाढ रहेको बताएका थिए । उनले दुई देशबीचको सम्बन्धलाई अझैँ बलियो बनाउनुपर्नेमा जोड दिए ।

उपराष्ट्रपति पासाङले आउँदै गरेको भारतको ७०औं स्वतन्त्रताको दिवसको अवसरमा राजदूतमार्फत भारतीय राष्ट्रपति, समकक्षी, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरु तथा भारतीय जनतामा शुभकामना व्यक्त गरे ।

यता, उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत पुरीले अब बन्ने सरकारसँग सहकार्य गर्न भारत आतुररहेको आश्वस्त पारेको थिए । उनले प्रविधि, पूर्वाधार, जलविद्युत, व्यापारलगायतका क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत सदैव भारत तयार रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार