आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी

काठमाडौँ । मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक आवश्यक तयारी नजुटेको भन्दै स्थगित भएपछि आज बिहान ९ बजे बस्ने भएको छ।

आजको नागरिकमा खबर छ – प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोक्ने भनि पटक पटक मन्त्रिपरिषद्को बैठक बसेपनि सरकारले अहिलेसम्म तोक्न सकेको छैन्।

प्रमुख दलहरूसँगको परामर्शपछि आज बस्ने बैठकले सातै वटा प्रदेशमा प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने अन्तिम तयारी गरेको छ।

प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन चर्किदै गएपछि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार