प्रधानमन्त्री र मन्त्रीहरुबीच झगडा, मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडाैं ।  प्रधानमन्त्री र मन्त्रीहरूबीच विवाद हुँदा आज बसेको मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक प्रधानमन्त्री र मन्त्रीहरुबीच बिबाद हुदा स्थगित भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरेपछी  राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने अडान राखेका थिए । यसैमा केहिबेर विवाद भएको थियो । थापाले अडान नछाडेपछि निर्णय हुन् सकेन ।

३ नम्बर प्रदेशको मुकाम ललितपुर प्रस्ताव गरिएको छ । तर उपप्रधानमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष कमल थापाले बखेडा झिकेका छन् । थापाले ३ नम्बर प्रदेशको हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने अडान राखेका छन् ।

प्रदेश ४ को अस्थायी मुकाम पोखरा प्रस्ताव गरिएको छ । त्यस्तै प्रदेश ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ । त्यस्तै, ६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ को धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुकाे निकै विवाद बढेको हो  ।

अाज दिउँसो ३ बजे बस्ने मन्त्रीपरिषद् बैठक अघि प्रधानमन्त्री देउवाले छलफल गर्दैछन् । छलफलबाट टुंगिएपछि मात्र बैठक बस्ने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार