यी हुन् सरकारले तोकेका प्रदेश प्रमुख (पुर्ण विवरण )

काठमाडाैं । लामो समयको बिबाद, छलफल र बहस पछि  अन्ततः सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दुइ ठूला प्रतिपक्ष दल नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको सहमतिबिनै उक्त निर्णय गरेको हो  ।

सरकारले प्रदेश १ मा धनकुटाका गोविन्द सुब्बालाइ प्रदेश प्रमुख तोकेको छ ।  सुब्बा अंग्रेजीका प्राध्यापक हुन । अखिलबाट राजनीति शुरुआत गरेका उनी पछि कांग्रेस निकट भएका थिए ।

प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख तोकिएका छन् । मधेश केन्द्रीत दलहरुको समर्थनमा प्रदेश प्रमुख तोकिएका कायस्थ पूर्व सचिव हुन ।

त्यस्तै सरकारले अनुराधा कोइरालालाइ प्रदेश ३ को प्रदेश प्रमुख तोकेको छ । माइती नेपालका संस्थापक कोइराला देश विदेशमा प्रख्यात छन् । मानव बेचविखन विरुद्धको अभियानमा संसारभरी नै चर्चित नाम हो, कोइराला ।

प्रदेश ४ मा बाबुराम कुँवर प्रदेश प्रमुख तोकिएका छन् । अर्घाखाँचीका कुँवर पूर्व महान्याधिवक्ता हुन । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्याधिवक्ता थिए ।

त्यस्तै उमाकान्त झा प्रदेश ५ को प्रदेश प्रमुख तोकिएका छन् । उनि ०७० को संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।

प्रदेश ६ मा दुर्गा खनाल प्रदेश प्रमुख तोकिएका छन् । शिक्षण पेशामा संलग्न खनाल कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।

यसैगरी मोहनराज मल्ल प्रदेश ७ को प्रदेश प्रमुख तोकिएका छन् । शालिनव्यक्तित्वका रुपमा चिनिने मल्ल राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । उनी परराष्ट्र सहायक मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार