मिल्यो एमाले-माओवादी भागबण्डा

काठमाडौं- नेकपा एमाले र माओवादीको संयुक्त कार्यदलले राष्ट्रिय सभाका ५६ मध्ये ४३ सिटको भागवण्डामा सहमति गरेको छ । राष्ट्रिय सभाका ५६ सिट मध्ये वाम गठबन्धनले ४३ सिट जित्ने आंकलनसहित कार्यदलले सिट भागबण्डा मिलाएका हुन्  ।

बुधबार बसेको कार्यदलको बैठकले २९ सिट एमालेले र १४ सिट माओवादीले लिने गरी सहमति भएको कार्यदलका एक सदस्यले जानकारी दिए । ति नेताका अनुसार कार्यदलले गरेको निर्णयलाई पार्टी एकता संयोजनन समितिले अन्तिम रुप दिने छ।

गठबन्धनले राष्ट्रिय सभा र प्रदेश सरकारको निर्वाचबारे सुझाव दिन,  आवस्यक तयारी र समन्वय गर्ने गरी एक साता अगाडी कार्यदल गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार