प्रदेश प्रमुख र अस्थायी मुकामबारे के भन्छन् वाम गठबन्धनका नेताहरु ?

काठमाडौँ । सरकारले तोकेका प्रदेश प्रमुखहरुलाई नया सरकारले फेर्न सक्ने वाम गठबन्धनका नेताहरुले संकेत गरेका छन् । उनीहरुले फेर्ने नफेर्ने विषयमा नयाँ सरकार गठनपछि मात्रै निर्णय गर्ने गरी तत्काल पर्ख र हेरको रणनीतिमा अपनाउने जनाउ दिएका छन् ।

एमाले बरिष्ठ नेता झलनाथ खनालले अस्थायी राजधानी तोक्ने, प्रदेश प्रमुख कसलाई बनाउने भन्ने कुरा सरकारले नै निर्णय गर्ने विषय भए पनि सरकारले एकलौटी निर्णय लिएको प्रति असन्तुष्टि जनाए । खनालले भने, ‘प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्ने कुरा सरकारले नै हो । सबै दलको सहमति लिएर गरेको भए राम्रो हुन्थ्यो तर यसमा सरकारले एकलौटी निर्णय लियो, यसप्रति हाम्रो आलोचना छ ।’

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्ति गर्ने प्रक्रिया सहमतिमा भए पनि गरिएका नियुक्ति र निर्णयबारे भने आफूहरूको सहमति नभएको बताए । ‘संवैधानिक, कानुनी प्रक्रिया पूरा गर्न आवश्यक काम गर भनेर हामीले सहमति दिएकै हो, श्रेष्ठले भने, ‘तर गरिएका निर्णयमा भने सहमति भएको होइन, यो निर्णयको औचित्यका विषयमा जनताले नै आफ्नो धारणा बनाएर जाँच्नेछन्, यसमा हामीले अहिल्यै निर्णय लिइसकेका छैनौं ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार