टाउकोमा बलले लागेर पाकिस्तानी खेलाडी घाइते

पाकिस्तानी क्रिकेट टिमका अलराउन्डर शोएब मलिकको टाउकोमा बलले लागेको छ । न्युजिल्याण्डसंगको चौथो एकदिवसीय खेल चलिरहदा उनलाई बलले लागेको हो ।

क्रिकइन्फोका अनुसार , मलिक बिना हेलमेट ब्याटिंग गरिरहेका थिए । पाकिस्तानी पारीको ३२ औ ओवरको खेल चलिरहदा रन लिनका लागि क्रिजमा दौडिने क्रममा उनलाई टाउकोमा बलले लागेको थियो ।  रन लिनका लागि क्रिजमा दौडिदै गर्दा फिल्डरले फ्याकेको बल उनको टाउकोमा लाग्न पुगेको हो । बलले लागेपछि उनि केहीबेर मैदानमै ढलेका थिए ।
घटना हुदा उनि १ रन बनाएर ब्याटिंग गरिरहेका थिए । त्यसपछिको ३ बलमै उनि ६ रन बनाउदै आउट भएका थिए । एजेन्सी

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार