प्रभु बैंकको ४०% हकप्रद खुल्दै, कँहा-कँहा खुल्दैछ आवेदन ?

काठमाडौं । प्रभु बैंकको ४०% हकप्रद आइतबारबाट बिक्री खुला हुँदैछ । बैंकले १०:४ अनुपातमा २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।

१०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद सेयर फागुन १३ गतेसम्म भर्न पाइने कम्पनीले जनाएको छ । पुुस २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाडौं र प्रभु बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौं तथा यसका अधिकांश शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्त पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंक ४०% हकप्रद सेयर निष्कासनमा जुटेको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख २ हजार रुपैयाँ रहेको छ । ४०% हकप्रदपछि भने चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ६२ हजार ८०० रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु बैंकले २५ करोड ७ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रभुको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४ पैसा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार