सुनको मुल्यमा गिरावट

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा आज प्रतितोला ४ सय रुपैयाका दरले मुल्यमा गिरावट आएको हो ।

सुन आज प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि आज ५ रुपैयाका दरले घटेको छ । चाँदी आज सात सय ५५ रुपैयामा कारोबार भईरहेको छ । हिजो चाँदी सात सय ६० रुपैयामा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार