यस्तो रैछ हाँस्यकलाकार गजुरेल दम्पतिको सम्बन्ध विच्छेदको कारण

काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेल दम्पत्तिको सम्बन्ध विच्छेद भएको छ । मनोज र उनकी पत्नि मिनाले केही समय देखिको आपसी असमझदारीलाई समझदारीमा टुङ्गयाएका छन् ।

विशेष स्रोतका अनुसार मनोज र मिनासँगै दुवै पक्षको पारिवारिक सहमति र सल्लाहपछि उनीहरु व्यवहारिक, कानुनी र आर्थिक रुपमा अलग–अलग भएका हुन् । यद्यपी सम्बन्ध विच्छेदको कारणका बारेमा हालसम्म दुवैले मुख खोलेका छैनन् । बुझिए अनुसार उनीहरुको  विचारमा असहमति भएको हो । त्यसैले दुवैले कारण सार्वजनिक गर्नु पर्ने कुनै तर्क छैन भनिरहेका छन् । केही हप्तादेखि मनोज र मिना अलग–अलग बस्न थालेका थिए ।

कानुनी रुपमा यही पुस ११ गते अलग भएपछि मनोज गजुरेल छोरासँग बालकोट घरमा बस्दै आएका छन् भने मिना छोरी मेमोरी गजुरेलसँग नयाँ बानेश्वरमा बस्दै आएकी छिन् ।

मनोजसँग सम्बन्ध विच्छेद गरेलगत्तै मिना बुटिक सञ्चालन गर्ने तयारीमा छिन् । उता मनोज पनि सम्बन्ध विच्छेदको पीडा बिर्सेर नियमित लयमा फर्कदै छन् । मनोज केही समयपछि दर्शक हँसाउनका लागि ओमान र बहराइन जाँदै छन् । यो निर्णयलाई दुवैले सम्बन्धको ह्याप्पी इण्डिङका रुपमा लिएको प्रतिकृया दिएका छन् ।

गजुरेल दम्पतिको सम्बन्ध विच्छेदको खबरले कलाकर्मी मात्र हैन गजुरेलका शुभचिन्तकसमेत आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार