कप्तान खड्का सम्मानित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सम्मानित भएका छन् । शुक्रबार ‘प्रथम मदन भण्डारी क्रिकेट सम्मान’ बाट खड्का सम्मानित भएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको क्रिकेट विभागद्वारा आयोजित प्रथम क्रिकेट महोत्सवमा खड्का  राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित भए । कप्तान खड्का २५ हजार रुपैयाँसहित सम्मानित भए ।

नेपाली क्रिकेटमा विशेष योगदान दिने व्यक्तित्वलाई प्रदान गरिने यस सम्मान वार्षिक रूपमा दिइने एकेडेमीले जनाएको छ ।
दुईदिने क्रिकेट महोत्सवमा क्रिकेटसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । क्रिकेटको ऐतिहासिक तस्बिरसहित फोटो प्रदर्शनी, क्रिकेट एकेडेमीलगायत खेल पोसाक खरिद गर्ने विभिन्न स्टलहरू राखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार