वाम एकतामा बिलम्ब : अोलीलार्इ एमालेभित्रका ‘माअोवादी’को डर

काठमाडौँ  । निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणाका साथ गठबन्धन बनाएर चुनावमा होमिएका दुइ वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता निर्वाचन सक्किएको २ महिना बित्न लाग्दा समेत हुन् सकेको छैन । पार्टी एकताका लागि दुवै दल सैद्धान्तिक रुपमा तयार भए पनि एकीकृत पार्टीको अध्यक्ष को बन्ने भन्ने बिषयमा कुरा अड्किएको देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो । तर, माओवादीका अधिकांश नेताहरुले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकेका छैनन् । एमालेका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितीमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन सकेको छैन ।

तर पार्टी एकता जति ढिलो हुँदै गएको छ, त्यति नै प्रचण्डको पक्षमा नेताहरु थपिदै गएका छन् । माओवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, तर पछिल्ला दिनमा एमालेका नेताहरुसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने पक्षमा छन् ।

एमाले नेताहरु माधबकुमार नेपाल र  वामदेव गाैतम माअोवादीका अध्यक्ष प्रचण्डलाइ पार्टी एकतापछि पनि अध्यक्ष बनाउनुपर्छ भन्ने लाइनमा छन् । नेपाल र गाैतमको अोलीसँग भन्दा प्रचण्डसँग पहिल्यैदेखि सम्बन्ध राम्रो रहेको बताइन्छ । पार्टी एकतापछि गाैतम र नेपालको समूह प्रचण्डसँगै हुने कुरा बुझेका अोलीलाइ आफु अल्पमतमा पर्ने डर छ । त्यसैले ४ महिनाअघिदेखिको एकता प्रकियाले खासै गति लिएको छैन् ।

माअोवादी नेताहरूले चाँडै एकता गर्नुपर्छ भन्दै अोलीलाइ घचघच्याए पनि अोली त्यति तातेका छैनन् बरू नेपाल र गाैतमहरू बढी तातेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार