पहिलो पटक नेपालमा क्रिकेट महोत्सव

काठमाडौ । नेपालमा पहिलो पटक क्रिकेट महोत्सव आयोजना गरिएको छ । मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्वारा आयोजित  प्रथम क्रिकेट महोत्सव शुक्रबारबाट काठमाडौमा सुरु भएको छ ।

महोत्सवको एक कार्यक्रममा बिच राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरिन ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजित दुईदिने सो महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’ तथा राष्ट्रिय कलाकारबाट विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए । महोत्सवमा क्रिकेट खेलसँग सम्बन्धित सामग्रीसम्बन्धी विभिन्न प्रदर्शनी कक्ष राखिएको छ ।

महोत्सवमा पहिलो दिन ‘एक्जिविसन म्याच’का रुपमा राष्ट्रिय खेलाडी, राजनीतिक नेता, पत्रकार र कलाकारबीच प्रतियोगिता गरिएको थियो । कार्यक्रममा यसै वर्षबाट शुरु गरिएको मदन भण्डारी क्रिकेट सम्मान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ । त्यस्तै क्रिकेट महोत्सवलाई सहयोग गर्ने सुनिल भण्डारीलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार