आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेल तालिका सार्वजनिक

काठमाडौ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिता माघ २५ गते देखि नामिबियामा हुँदैछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले आज  डिभिजन – २ को खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल माघ २५ गते आयोजक नामिबियासँग खेल्दैछ ।

दोस्रो खेलमा नेपालले माघ २६ गते ओमानको सामना गर्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले २८ गते युएईसँग, चौथो खेलमा २९ गते केन्यासँग र पाँचौं तथा अन्तिम खेलमा क्यानडाको सामना गर्नेछ ।

प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली जिम्बावेमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि छानिनेछन् । ओमान र क्यानडा डिभिजन–३ बाट बढुवा हुँदै डिभिजन–२ मा छानिँदा नेपाल, केन्या, युएई र नामिबिया शीर्ष डिभिजनबाट घटुवा भएका हुन् ।

प्रतियोगिता जित्ने लक्ष्यका साथ नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार