कम्पनीको खर्चमा चिलिमेका हाकिमहरु बिदेशमा रमाउदै

काठमाडौं । नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे जलविद्युत् कम्पनीलाई पायोनियर कम्पनीको रुमपा लिइन्छ । तर, त्यही कम्पनीको नाम भजाएर केही व्यक्तिले भने विदेश घुम्ने र मोजमस्ती गर्ने अवसरको रुपमा समेत प्रयोग गरेका छन् ।

कम्पनीका अध्यक्षमा छन् नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । उनै घिसिङलगायत कम्पनीका उच्च अधिकारी कम्पनीको खर्चमा नै लन्डन भ्रमणमा जान लागेका छन् ।

कम्पनी उच्च स्रोतकाअनुसार घिसिङको नेतृत्वमा , सञ्चालकहरु शान्तिलक्ष्मी शाक्य, हरराज न्यौपाने, लेखनाथ कोइराला, मनोज सिलवाल, रामप्रसाद रिमाल, तुलसीराम ढकाल, प्रर्सादो तामाङ, भीमप्रसाद तिमल्सिना, प्रमुख कार्यकारी अधिकृत दामोदरभक्त श्रेष्ठ, कम्पनीसचिव नारायणप्रसाद आचार्य लण्डन जाने तयारीमा रहेका छन् ।

रिमाल नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पूर्वअध्यक्ष हुन् । सबै सञ्चालकहरू लण्डन भ्रमणमा जाने निर्णय केही दिन पहिलेको कम्पनी सञ्चालक समितिको बैठकले गरिसकेको स्रोतले जनाएको छ । केही दिन पहिले मात्रै सञ्चालकहरु ढकाल, तामाङ, तिमल्सिना, श्रेष्ठ र आचार्य लण्डन उडिसकेका छन् । अरु सञ्चालकहरु पनि बेलायत यात्रामा निस्कन लागेको स्रोतको दाबी छ ।

बिना प्रयोजन भ्रमण

बिना काम र सरोकार नै नभएको ठाउँको भ्रमण गरी कम्पनीलाई थप वित्तीय भार थप्न खोजिएको छ । जसका कारण कम्पनीको खर्च बढेर शेयरधनीले पाउने लाभांशमा गिरावाट आउने अवस्था देखिएको छ । प्राधिकरणका एक उच्च पदस्थ अधिकारीले भने–‘यो भ्रमण सञ्चालकको मोजमस्ती मात्रै भएको जसको खर्च कम्पनीले व्यहोर्नुपर्ने देखिएको छ ।

प्राधिकरणको जम्बो टोलीको भ्रमणको विषयमा जानकारी लिन प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीसँग सम्पर्क गर्दा आफूलाई यसबारेमा जानकारी नभएको आर्थिकन्यूज डटकमलाई बताए ।

सञ्चालकले दैनिक भ्रमणभत्ता अमेरिकी डलरमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । उनीहरुको आतेजाते हवाइजहाज भाडा लगायतका सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने गरी मिलाइएको छ ।

प्रशासनिक खर्च बढ्यो

गत आर्थिक वर्ष २०७२/७३ मा कम्पनीको प्रशासनिक खर्च ४ करोड रहेकोमा गत आव २०७३÷७४मा बढेर झण्डै ८ करोड पुगेको छ । चालू आवमा सो खर्च १२ करोड रुपैयाँ पुग्ने देखिएको छ ।

कम्पनीको प्रतिबैठक भत्ता ७ हजार रुपैयाँ, प्रत्येक सञ्चालकले सञ्चार तथा यातायात सुविधा बापत मासिकरुपमा ५ हजार रुपैयाँ पाउछन् । सीईओको मासिक तलब एक लाख ५५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक न्युज

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार