एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको अध्यक्षमा पौडेल

रसुवा । एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको तेस्रो जिल्ला सम्मेलन आज रसुवाको कालिकास्थानमा सम्पन्न भएको छ । संगठनका उपमहासचिव दुर्गासिँह तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको सम्मेलनले २५ सदस्यीय समिति निर्माण गरेको हो ।

नवनिर्मित समितिको अध्यक्ष गुणराज पौडेल निविरोध निर्वाचित भएका हुन् । नवीन लामा, गोपाल तामाङ, रामबाबु पौडेल उपाध्यक्ष रहेको यस समितिमा पार्वती आचार्य महिला उपाध्यक्ष निर्वाचित भइन् । नवनिर्मित समितिको सचिव केशव पौडेल, अर्थ सहसचिव फुर्पुदार्जे घले, सहसचिव मिनकाजी उपरकोटी र सहसचिव कामदोर्जे तमाङ रहेको जानकारी नवनिर्वाचित उपाध्यक्ष नवीन लामाले दिए ।

नेकपा माओवादी केन्द्र रसुवाका जिल्ला अध्यक्ष इन्द्र गोतामेले आजको समयलाई सम्बोधन गर्ने गरी शैक्षिक जगत् अगाडि बढ्नु पर्ने भनाइ राखेका थिए । उपाध्यक्ष माधव लामिछाने समिरले शैक्षिक जगत्को आधारस्तभ नै शिक्षक भएकाले शिक्षकहरुले पेशागत मर्यादालाई बिर्सदै गएको प्रति चिन्ता व्यक्त गर्दै शिक्षकहरुलाई कर्तव्यनिष्ठ हुन् आग्रह गरेको जानकारी लामाले दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार