जीवनको तुइन – कविता

जयराम आचार्य

 

अस्तित्वको तराजुमा
जोखेको दिन र रात
समाज र भाषाजस्तो
त्यसैले रात मसँगै यात्रा गर्छ
सपनाको साथ ।

 

खोजिरहेको सामथ्र्य
हुन्छ र हुँदैनबिच
प्रकृति र मान्छेजस्तो
मान्छेहरू शहरमा
डमरु हराएको बघिनीझैँ
भुतुली खेल्छन्
कुखुराले जस्तो ।

 

राख्दै हातमाथि हात
शयनकक्षमा एक रात
प्रस्ताव गुन्जियो अकस्मात
पानी भाँचेको घट्टझै
जीवनको तुइन
गायब छ अकस्मात ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार