ल्होसार साँस्कृतिक साँझ बारे सिन्धुपाल्चोक सेवा समाजको पत्रकार सम्मेलन

दुबई/सिन्धुपाल्चोक सेवा समाज युएईले यही फेब्रुअरी २ का दिन २८५४ औ सोनाम ल्होसारको अवसरमा देरा दुबईको काल्र्टन टावर होटलमा हुन गईरहेको ल्होसार साँस्कृतिका साँझ २०१८ को सवै तयारी पुरा भएको जनाएको छ ।

बरदुबईको सिराज लस्सीमा २६ जनवरी २०१८ का दिन सम्पन्न पत्रकार सम्मेलनमा सिन्धुपाल्चोक सेवा समाजका संरक्षक विदुर न्यौपानेले साँस्कृतिक कार्यक्रमको लागि ख्याति प्राप्त राष्ट्रिय कलाकार प्रेम लोप्चन र शशीकला मोक्तान आउन लागेको जानकारी दिदै टिकट बुकिङ, हल बुकिङ तथा कलाकारहरुको लागि होटल बुकिङका कामहरु सवै तयारी पुरा भएको जानकारी दिएका थिए ।
कार्यक्रमका संयोजक सम्सेर योन्जनले युएईमा रहेका सम्पुर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल पारिदिन युएईमा रहेका नेपाली व्यापारीहरु, बुद्धिजिबि, समाजसेवीहरु, पत्रकारहरु, कलाकार तथा शुभचिन्तकहरु हार्दिक अनुरोध समेत गरेका थिए
पत्रकारहरुद्धारा सोधिएको प्रश्नको उत्तर दिदै उक्त समाजका अध्यक्ष मनोज नेपालले कला संस्कृति र परम्पको जगेर्ना गर्नको खातिर आयोजना गरिएको कार्यक्रम भएपनि कार्यक्रमबाट बचेको रकम समाज सेवामा खर्च गर्ने जानकारी दिईएको थियो ।

पत्रकार हरि दुलालद्धारा सहजीकरण गरिएको उक्त पत्रकार सम्मेलनको सभापतित्व सिन्धुपाल्चोक सेवा समाज युएईका अध्यक्ष मनोज नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार