प्रदेश तिनको लागी काभ्रेबाट उपाध्यक्ष, सचिब र एक सदस्य निर्वाचित

उत्तम बिक दुबई,

 

नेपालमा प्रादेशिय प्रान्त छुटिए संगै युएईमा पनि प्रदेश नम्बर तिन अन्तर्गत रहेका सामाजिक जिल्ला संस्थाहरुले प्रदेश नम्बर तिन एकता समाज युएई गठन गरेका छन ।

गत २६ जनावरी २०१८ का दिन युएईको दुबई स्थित एक होटलमा प्रथमा अधिबेशन आयोजना गरि १९ सदस्यीय कार्य समिति चयन गरेको हो । धादिङ समाज युएईका भुतपुर्ब अध्यक्ष भिम कुमार अधिकारीको अध्यक्षता रहने गरि गठित कार्य समितिमा काभ्रे सेवा समाज युएईको तर्फबाट तृतिय उपाध्यक्ष गोबिन्द पन्त, सचिब निरमाया (खडका)दाहाल र सदस्य योगेश लामा सर्ब सम्मत चयन भएका छन ।

उक्त समाजमा अध्यक्ष भिम कुमार अधिकारी, उपाध्यक्ष समिर खान, सम्शेर योन्जन गोबिन्द पन्त र शुमन शर्मा महासचिब पशुराम घिमिरे, सचिब निरमाया खडका दाहाल, कोषाध्यक्ष बिदुर न्यौपाने, सहकोषाध्यक्ष सिता मगर र सदस्यहरु योगेश लामा, भरत ढकाल, सपना भारती, बिन्दु गिरी, सुदिप खराल, निसान लामा, निशा तामाङ, मनमाया तामाङ र शिव कुमारी खडका रहेका छन ।

नब गठित कार्यसमितिका उपाध्यक्ष पन्त, सचिब दाहाल र सदस्य लामालाई काभ्रे सेवा समाज युएईका संरकक्षक दामोदर दाहाल र अध्यक्ष दिल लामाले बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिएका थिए । हाल नबगठित प्रदेश तिन एकता समाज युएईमा निर्वाचत काभ्रेलीहरु पन्त काभ्रे सेव समाज युएईका उपाध्यक्ष, दाहाल र योगेश लामा काभ्रे सेवा समाज युएईको केन्द्रिय सदस्य रहेको समाजका केन्द्रिय कोषाध्यक्ष रबिन तामाङले जानकारी दिएका छन ।

ढिलो गरि ८ अगष्ट २०१४ मा स्थापना भएको संस्था काभ्रे सेवा समाज युएईमा खोलिएका बिभिन्न सामाजिक संघ सस्था भन्दा सक्रिय रहेको समाजका बिभिन्न गतिबिधीहरुबाट थाहा पाउन पाउन सकिने पनि अध्यक्ष दिल लामाले जानकारी गराए । हाल सम्म काभ्र सेवा समाज युएई स्थापना भए पश्चात युएईमा अलमत्र परेका काभ्रेलीको उद्धार, नेपालमा बिरामी भई उपचार गराउन नसकेकाहरुको लागी आर्थिक सहयोग, दैबि प्रकोप तथा प्रकृतिक प्रकोपमा परेकाहरुको लागी सहयोग गर्दै आएको संस्थामा युएईबासी काभ्रेलीहरु संस्था खोज्दै आएर सस्थामा जोडिनेक्रम तिब्र रहेको दुबई क्षेत्रिय अध्यक्ष चन्द्रसागर लामाले बताए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार