शिक्षक सरुवा बढुवाको जिम्मा अब स्थानीय तहलाई

काठमाडौँ  । शिक्षक सरुवा बढुवा अब स्थानीय तहले नै गर्ने भएको छ । स्थानीय तहले सरुवा बढुवा, विद्यालय सञ्चालनको अनुमति, नवीकरण, त्यसको स्थानान्तरण, व्यवस्थापन, विव्यस गठनलगायतका काम मात्रै नभई आफैं शिक्षाका ऐन, नियम, मापदण्ड बनाउने र लागूसमेत गर्नेछन् ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाका अनुसार अब शिक्षक /कर्मचारीहरुको  सरुवा, दण्ड–सजाय, सामुदायिक सहभागिता, स्वामित्व र अपनत्वको विकास गर्ने विषय स्थानीय तहमा पुगेका छन् । थपलियाले भने. ‘संविधान र कानूनले दिएको यो अधिकार स्थानीय तहले आवश्यकता अनसार ऐन र नियमावली आफैं तर्जुमा गरेर कार्यान्वयन गर्न पाउँछन् । तर, स्थानीय तहलाई यसमा सहजीकरण गरिदिन कानूनले नै नमूना कानूनहरु संघले तयार गरिदिने भनेको हुनाले हामी नमूना कानूनहरु बनाइदिन्छौं । त्यसमा स्थानीय तहको सभाले निर्णय गरेर कार्यान्वयन गर्न सक्छ । प्रत्येक स्थानीय तहका आधारभूत र विशिष्टिकृत विषय तहैपिच्छे फरक हुन सक्छन् ।

विभिन्न किसिमका (निजी, गुठी, सामुदायिक, सहकारी) विद्यालयको अनुमति, नवीकरण, त्यसको स्थानान्तरण, व्यवस्थापन, विव्यस गठनलगायत स्थानीय तहको समग्र नीति योजना कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने/गराउने, अनौपचारिक शिक्षाका काम, पूर्वप्राथमिक बालविकास केन्द्रको सञ्चालन, निरक्षरता उन्मूलनलगायतका सबै कामहरु स्थानीय तहको जिम्मेवारीभित्र परेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार