यी हुन् विश्वकै सबैभन्दा ठुलो व्यवसायिक क्रिकेट आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी

काठमाडौँ । नेपाली युवा खेलाडी सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने पहिलो नेपाली भएका छन् ।

आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।

लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए ।

सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन् । तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए ।

अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन् ।

सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने।  यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि अनुबन्धित भने भएका थिएनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार