मुलुकलाइ राजनैतिक स्थायित्व, सुशासन र सम्वृद्धितर्फ लैजान पत्रकारिता जगतको भूमिका महत्वपूर्ण-प्रचण्ड

काठमाडौं । पुर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्पको आवस्यकता औल्याएका छन् । मुलुकलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले आफूहरुले त्यस्तो हुन नदिने बताए ।

सोमबार प्रेस सेन्टर महिला विभागले राजधानीमा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आग्रह गरे ।

वाम गठबन्धनले जनताका अगाडि गरेका बाचा  पूरा गर्ने प्रतिवद्धता जनाउदै प्रचण्डले जनताका सपना पूरा नभएकाे वताए । जनयुद्धका  बेला कलम, बन्दुक, र मादललाई मुख्य हतियार वनाइएका थिए । उनले भने, ‘जनयुद्धका बेला बन्दुक र मादलले गर्न सक्ने जति सपना पुरा भए, अहिले कलम मुख्य हतियार बनेर आएको छ, बाकि सपना पुरा गर्न कलमका माध्यमबाट महत्वपूर्ण भूमिका खेल्नुस ।’

उनले जनताका सपना अव बन्ने वाम गठबन्धनकाे स्थीर सरकारले पुरा गर्ने पनि जिकिर गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार