खुशिराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा

काठमाडौं । खुशिराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

भोलि बुधबार माघ १७ गते राष्ट्रिय नाचघर जमलमा दिउँसो २ बजे हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक तथा जनसाँस्कृतिक महासंघ ३ नं प्रदेश संयोजक केशर कुमार कालिकोटेले जानकारी दिएका छन ।

देशभक्त जनवादी तथा प्रगतिशिल साँस्कृतिक आन्दोलनका धरोहर गीतकार, संगीतकार तथा जनगायक खुशिराम पाख्रिनको मिति २०७४ मङ्सिर ०५ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र एवं माओवादी केन्द्रका नेता प्रकाश दाहालको श्रद्धाञ्जली सभामा आफ्नै गृह जिल्ला चितवनमा गीत गाउँदा गाउँदै हृदयघातका असमायिक निधन भएको थियो ।

उनले राष्ट्रप्रति गरेको अतुलनीय योगदानको उच्च सम्मान गर्दै जनसांस्कृतिक महासंघ नेपाल ३ नं प्रदेशको आयोजनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा खुशिराम पाख्रिन स्मृति सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा जनकलाकार संघ केन्द्रिय टोलीका कलाकारहरु साथै अतिथि कलाकार जीवन शर्मा, जेवी टुहुरेको पनि विशेष प्रस्तुति रहने छ ।

विशेषगरी कार्यक्रममा खुशिराम पाख्रिनले रचना गरेका गितहरु प्रस्तुत हुने जानकारी कार्यक्रम संयोजक कालिकोटेले दिएका छन ।

कार्यक्रमलाई सफल बनाउन सबै जनकलाकारहरु एक जुट भएर लागेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार