ओली र बादललाई कुराएर प्रचण्डले किन भेटे पाण्डेलाई ?

काठमाडाैं । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेबीच गोप्य भेटवार्ता भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बामपन्थी गठबन्धनको सरकार बनाउने प्रयास नाजुक चरणमा पुगेकै बेलामा हिजो बिहान प्रचण्डले पाण्डेसँग गोप्य वार्ता गरेको खुलासा भएको हो ।

ललितपुर सिडीओ कार्यालयसँग जोडिएको घरमा प्रचण्ड र पाण्डेबीच करिब आधा घन्टा भन्दा बढी सरसल्लाह भैरहेको थियो ।

उनीहरूबीच के कुरा भयो त्यो भने रहस्यमै छ । स्रोतका अनुसार प्रचण्ड र पाण्डेबीच गोप्य छलफल भइरहँदा एमालेका अध्यक्ष केपी ओली र माओवादी नेता रामबहादुर थापा ‘बादल’ भने अर्कै कोठामा प्रचण्डलाई कुरिरहेका थिए ।

पाण्डेलाई कडा सुरक्षा घेरा पन्छाएर प्रचण्डका निजी सचिवले घरभित्र लगेको प्रचण्ड निकट उच्च स्रोतको दाबी छ । तर भेटपछि भने भित्रबाटै मोटरमा निस्कनु भएका पान्डेसँग टेलिफोनमा पनि सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार