आज सेयर बजार बन्द

काठमाडौं । आज सेयर बजार मंगलबार बन्द भएको छ । शहिद दिवसको अवसरमा मंगलबार सरकारले सार्वजनिक विदा दिएको हो ।

बिदाका कारण आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार पनि बन्द भएको हो । सहिद दिवसको अवसरमा नेपाली जनतामा अधिकार निहीत गराउन जहानिया राणा शासनविरुद्ध बोल्ने ४ वीर शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको योगदानको स्मरण गरिन्छ ।

सोमबार बजार ५.७९ अंकले घटेर १४००.१६ विन्दुमा बन्द भएको छ । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार