मिसेज हिमालयन नेपाल २०१८ को ताज गोमालाई (फोटोफिचर)

‘मिसेज हिमालयन नेपाल २०१८’ को पाँचौ संस्करणको उपाधि गोमा अधिकारीले हात पारेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयो ‘मिसेजित कार्यक्रममा उनले अन्य १५ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारेकी हुन् । उपाधी संगै उनले बिभिन्न गिफ्ट ह्याम्पर र सिङगापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ईन्टरनेसनल २०१८’ मा नेपालबाट प्रतिनिधित्व गर्ने अबसर समेत प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा बिन्दु लामा घोषित भईन् । उनले पनि उपाधी संगसंगै सिंगापुरमा आयोजना हुने ‘मिसेस एसिया प्यासिफिक ग्लोबल २०१८’मा भाग लिने अबसर प्राप्त गरिन् । सेकेन्ड रनरअपको ताज भने रचना ज्ञावलीले प्राप्त गरिन् ।

अमेजन इन्टरटेनमेन्टद्धारा बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि, आन्तरिक कला प्रस्फुटन र सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता “मिसेज हिमालयन नेपाल २०१८” को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक च्वाइस अवार्ड रिचा कवैले हात पार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट हेयरमा उनिशा राई, बेस्ट स्किनमा एलिजा रोक्का, बेस्ट फोटोजेनिकमा करुणा जोशी, बेस्ट स्माईलमा प्राप्ती श्रेष्ठ, मस्ट कन्फिडेन्समा रिचा कवै, मिसेस ट्यालेन्टमा रचना ज्ञावली, मस्ट स्मार्टमा प्रमिला सिंह ठकुरी, बेस्ट पर्सोनालिटीमा गोमा अधिकारी, मस्ट चार्मिङमा लामु शेर्पा, मस्ट एक्टिभमा निरु शाह ठकुरी, मस्ट ईन्टलेजेन्टमा बिन्दु लामा, बेस्ट ड्रेस्समा गोमा अधिकारी र मस्ट पपुलरको अवार्ड रिचा कवैले हात पारेका थिए ।

प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन् भने अन्तरराष्ट्रिय प्रतिष्पर्धाका लागि बिजेताहरुलाई थप ट्रेनिङ दिन लागेको पनि जानकारी दिइएको थियो  ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार