दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय, संसदबाट स्वत: निलम्बन

काठमाडौँ , २ माघ  – सर्वोच्च अदालतले पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गर्दै दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । मनाङबाट प्रदेश सांसद बनेका मनाङे ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै सर्वोच्चले सो सजाय सुनाएको हो ।

सर्वोच्चका न्यायाधीशहरु दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको सं‌युक्त इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पाँच वर्ष जेल सजाय सुनाएको हो । यो फैसलासँगै सपथ नै नलिई मनाङेको पद स्वत: निलम्बनमा परेको छ ।

दीपक मनाङ्गेको समूहमाथि ०६१ सालमा मिलन चक्रेलाई तरबार होनेको मुद्दा परेको थियो । जिल्ला अदालतले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।

उनलाई पुनरावेदन अदालतले संगठित अपराध गरेको तथा अपहरण गरि बन्धक बनाएका भन्दै ज्यानमार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार