राधी हाइड्रोपावरको आइपिओ बाँडफाँड बुधवार, कतिले पाउलान सेयर ?

काठमाडौं, २ माघ – राधि जलविद्युत कम्पनीले बुधबार आइपीओ बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा नबिल इन्भेस्टमेन्ट बैंक रहने छ ।

राधीले पुस ३ देखि ६ गतेसम्म ७ करोड ६४ लाख ५५ हजार रुपैयाँको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस आइपीओमा करिब १८ गुणा बढी आवेदन परेको थियो । यसमा न्यूनतम १० कित्ताका दरले सेयर दिँदा करिब ७१ हजार १०३ जनाले मात्र सेयर पाउने अवस्था छ । यस आइपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ हजार ८०० कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

आईपिओमा १ लाख ६१ हजार आवेदन परेको थियो । भाग्यमानी ७१ हजार १ सय ३ जना सर्वसाधारण लगानीकर्ताले मात्र कम्पनीको शेयर पाउने छन् ।

राधिको अधिकृत पुंजी १ अर्ब ५० करोड छ । कम्पनीको जारि पुंजी ४१ करोड छ । जारि पुंजी मध्ये ३० करोड ७५ लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ ।

राधी जलविद्युत आयोजना लमजुङ जिल्लामा पर्छ । यसअघि राधीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई ४ लाख १० हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार