काभ्रे सेवा समाज युएईद्धारा संस्थाका दुई सदस्यको बिदाई ।

उत्तम बिक दुबई,

बैदेशिक रोजगारिको शिलशिलामा युएईमा कार्यरत काभ्रेलीहरुको साझा संस्था काभ्रे सेवा समाज युएईले २ फेब्रअरी २०१८ का दिन एक कार्यक्रम आयोजना गरि समाजका दुई सदस्यलाई बिदाई गरेको छ ।
बिगत चारबर्ष पहिला २०१४ मा स्थापना भएको समाजमा आबद्ध भएर २०१७/१९ कार्यकालको लागी कार्यसमितिमा रहेको केन्द्रिय सदस्य रिता लामिछाने (दाहाल) र सदस्य अजिता सिं ठकुरी युएईको बसाईलाई बिटमार्दे स्वदेश फर्किन लाग्दा समाजले सम्मान सहित बिदाई गरेको हो ।

समाजका संरक्षक दामोदर दाहालको प्रमुख आतिथ्य तथा अध्यक्ष दिल लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्यहरु लामिछाने र ठकुरीलाई सम्मान पत्रको साथमा खादा ओडाएर बिदाई गरिएको थियो ।

समाजमा आबद्ध सदस्यहरुको बाक्लो उपस्थितीमा बिदाई गरिएको उक्त कार्यक्रममा बोल्दै समाजको केन्दिय सदस्य रिता लामिछानेले समाजबाट धेरै राम्रा कुराहरु सिक्ने अबसर पाएकोमा समाज प्रति आभार प्रकट गर्दै आफुलाई समाजले सम्मान सहित बिदाई गरेकोमा   धन्यबाद ब्यक्त गरेकी  थिईन।

युएईको दुबई स्थित एक होटलमा सम्पन्न कार्यक्रममा बोल्दै सदस्य अजिता सिं ठकुरीले समाजको सम्मान तथा बिदाई प्रति खुशि ब्यक्त गर्दै समाजले राम्रो प्रगति र उन्नती गरोस भन्दै आफु जहाँ भएपनि काभ्रे सेवा समाज युएईलाई आफुले कहिल्यै नभुल्ने र समाजको लागी सकेको सहयोग गर्ने बताईन ।

कार्यक्रमको अन्तमा समाजका संरक्षक दामोदर दाहाल र अध्यक्ष दिल लामाले सम्मान सहित बिदाई भएका सदस्यहरुलाई स्वदेशको बसाई सफल बनोस बिदेशमा शिकेका कुराहरु स्वदेशमा प्रयोग गरि आयमुलक काममा लाग्ने प्रेरणा सहित देश निर्माणमा उल्लेखनिय भुमिका खेल्न आग्रह गर्दै सफल यात्राको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार