पीतवर्ण कृशकाय मनुष्य – कविता

जयराम अाचार्य

 

एउटा गगनचुम्बी महलको

पीतवर्ण कृशकाय मनुष्य

आफ्नै पटाङ्गीनिमा

अल्–अ्–अ्—अ्क निरञ्जनको

गुञ्जायमान ध्वनिले

किन ?

अट्टालिका निस्कन चट्पटाउँछ

असङ्ख्य संवत्सहरूले कोरेका डोरेटाहरूमा

मनोभाव लुकाउँदै

फूलका क्यारीहरू सुम्सुमाउँछ ।

 

यस्तो दिन आउँछ

मानव नियतिको पराकाष्टा

बुझाइदिएकोमा

यो द्रष्टा !

निशव्द

मलाम निस्कन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार