सेयर भर्न अब लाइन वस्न नपर्ने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा ) आउदो फागुन ११ गतेदेखि लागु गर्ने भएको छ ।

नियामक धितोपत्र बोर्डले फागुन ११ गतेदेखि सीआस्वा कार्यन्वयनमा ल्याउन सीडीएसलाई मंगलबार निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाले समय मागेपछि बोर्डले सीआस्वाको काम १ महिना रोक्न सीडीएसलाई निर्देशन दिएको थियो ।

आउदो फागुन ११ गतेदेखि सीआस्वा लागु गर्न निर्देशन दिएको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।
उनले सीआस्वा अन्र्तगत सेयर अनलाईका अतिरित्त बैंक तथा वित्तीय संस्थामा गएर पनि भर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । “सीआस्वा प्रणालीअन्र्तगत अनलाईनबाट मात्र सेयर भर्ने बुझिएको पाइयो” उनले भने “अहिलेको जस्तै बैंकबाट पनि सीआस्वामार्फत सेयर भर्न पाइने छ । अनलाई सेवा नभए बैंक तथा वित्तीय संस्थाबाट पनि आस्वा प्रणालीबाट सेयर भर्न पाइने छ ।”

सीआस्वा लागु भएपछि अब घरमै बसेर आइपीओ, हकप्रद सेयर र एफपीओमा आवेदन दिन सकिने छ । सीआस्वामार्फत प्राथमिक निष्काशनको आवेदन घरबाटै गर्न सकिने प्रबन्ध मिलाएको छ ।सीडीएसले एकिकृत सफटवेयर तयार गरी सीआस्वा प्रणालीमार्फत सेयरका लागि आवेदन दिने व्यवस्था गरेको हो ।

यसअन्र्तगत लगानीकर्ताले खाता भएको बैंक तथा वित्तीय संस्थाबाट अनिवार्य रुपमा सीआस्वा रजिष्ट्रेसन नम्बर लिनुपर्ने व्यवस्था गरिएको गिरीले जानकारी दिए । सो नम्बर लिएर घरमा बसेर सिधै अनलाईनबाट र यदी नभए बैंकमा गएर पनि आवेदन दिने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सीआस्वा लागु गर्नका लागि समय मागेपछि बोर्डले एक महिना म्याद थप गरेको थियो । बोर्डबाट अनुमती प्राप्त ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको करिव २ हजार ५०० शाखाबाट नेपालभरी आस्वा लागु भैरहेकोमा ती संस्थाका शाखाहरुलाई सीआस्वा प्रणालीमा आवद्ध हुन, पूर्वाधार तयार गरी गराई प्रणाली संचालन सम्बन्धी तालिम लिन केही समय दिनुपर्ने बोर्डले बताएको थियो । सीआस्वाको सदस्यता लिएका बैंक तथा वित्तिय संस्थाहरुले लगानीकर्तालाई दर्ता गराएर मेरो सेयर नामक सेवा मार्फत घरबाटै सेयरमा आवेदन दिने व्यवस्था मिलाउनेछन् । त्यसका लागि इन्टरनेटको पहुँच भने पुगेकै हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार