प्रदेश न. ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही सर्बसम्मत

काठमाडौं ।  विवाद हुने अाशंका गरिएकाे प्रदेश ६ को मुख्यमन्त्रीमा अन्तत: विवादरहित माओवादी केन्द्रले टुंगो लगाएको छ । पूर्व ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्री बनाउन नेताहरु सर्वसम्मत भएका छन् ।

पूर्व जनमुक्ति सेनाका डिभिजन कमाण्डर रहेर महत्वपूर्ण भूमिका खेलेका शाही  सक्रिय राजनैतिक क्याडरका रूपमा स्थापित छन् । कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद शाही अहिले प्रदेश ६ मा मुख्यमन्त्री बन्ने निश्चित भएका छन्  ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा, प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेत र संयोजक मायाप्रसाद शर्मालार्इ मुख्यमन्त्रीको टुंगो लगाउने जिम्मा पार्टी केन्द्रले दिएकाे थियाे । प्रदेशमा सवै नेताहरू सहमत भएपछि शाही मुख्यमन्त्रीका लागि पक्का भएकाे उच्च स्राेतले बतायाे । माअाेवादी केन्द्रले औपचारिक घोषणा भने भाेली बिहीबार मात्रै सार्वजनिक गरिने जनाइएको छ ।

अाकांक्षिका रूपमा नरेश भणडारी रहेपनि उनलार्इ विशिष्ठ ठाँउमा व्यवस्थापन गरिने भएपछि छलफलबाट महेन्द्रबहादुर शाहीकाे नाममा सहमति भएको छ,’ माअाेवादी बरिष्ठ नेताले भने ।’

बलियाे दावीकासाथ नरेश भण्डारी विपक्षमा उभिएकाले मुख्यमन्त्रीको टुंगो लाग्न सकेको थिएन । मुख्यमन्त्रीकाे टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्री जनार्दश शर्मा, शक्तिवस्नेतलगाएतका नेताहरू सहजीकरण गर्न सुर्खेत पुगेका थिए ।

सात प्रदेश मध्य प्रदेश न. २ मा वाम गठबन्धन वाहिरिएकाे छ । वाँकी प्रदेश मध्य माअाेवादीकाे भागमा प्रदेश ६ र ७ मा मुख्यमन्त्री भाग परेकाे थियो । प्रदेश ७ मा डोटीका त्रिलोचन भट्टलार्इ सर्बसम्मत चयन गरिसकिएकाे छ । त्यहाँ विरमान चाैधरी अाकांक्षिका रूपमा अाएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार