रसुवागढी र साञ्जेनको आईपीओ भर्न सि-अास्वाबाट नमिल्ने

काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) अनलाइनबाट आवेदन दिन नपाइने भएको छ ।

लगानीकर्ताले फेरी पनि आईपीओ भर्न फेरी बैंकमै जानुपर्ने भएको छ । दुबै कम्पनीले फागनु ११ गतेदेखि २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछन् ।

सोही दिनदेखि सीडीएस क्लियरिङ हाउस लिमिटेडले अनलाइनबाट सेयरको आवेदन दिन पाउने प्रणाली कार्यन्वयनमा ल्याउदैछ । सीडीएसले धितोपत्र सार्वजनिक निष्कासन केन्द्रीकृत विद्युतीय सेवा सम्बन्धित कार्य सञ्चालन निर्देशिका (सी–आश्वा) ल्याइ अनलाइनबाट पनि सेयर भर्न पाउने व्यवस्था गरेको छ ।

कर्मचारीले मात्र आईपीओ भर्न पाउने भएकाले प्रमाणिकरणका लागि बैंकमै धाउनु पर्ने अवस्था आएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ध्रुव तिमल्सिनाले बताए । सबैजना कर्मचारी भएकाले प्रमाणिकरणका लागि पनि अनलाईनबाट आईपीओका लागि आवेदन दिन नपाउने उनले जानकारी दिए । बैंकमा गएर परिचयपत्र देखाएपछि आस्वा प्रणालीमार्फत आफुले चाहेको सेयर भर्न पाउने उनले स्पष्टपारे ।

दुबै कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्न लागेका हुन् । दुबै कम्पनीले आउदो आइतबार आईपीको निष्कासनका लागि आब्हनपत्र सार्वजनिक गर्ने भएका छन् । रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् ।

फागुन ११ देखि ३० गतेसम्म कर्मचारी संचय कोषका संचयकर्ता, चैत ५ देखि १३ गतेसम्म नेपाल विद्युत प्राधिकरण, संचय कोष, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्ने रसुवा हाइड्रोपावरका सीईओ माधव कोइरालाले बताए । उनकाअनुसार संचयकर्ताले १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आईपीओ पाउने छन् ।

यस्तै कम्पनीका संस्थापक संस्थाहरुका कर्मचारीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २३ लाख ९४ हजार ३५ कित्ता पाउने छन् । रसुवागढीले २४ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो । यस्तै सान्जेनको संचयकर्ताले ७१ करोड १७ लाख ५० हजार ७१ लाख १७ हजार ७१ कित्ता आईपीओ भर्न पाउनेछन् । न्युनतम ५० देखि ३ सय कित्तासम्म भर्न पाउनेछन् ।

यस्तै संस्थापक सेयरधनीलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ७७ हजार र संचय कोषका कर्मचारीलाई ३ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख ६५ हजार कित्ता आईपीओ पाउने छन् । धितोपत्र बोर्डले सान्जेनलाई मंसिर २६ गते र रसुवागढीलाई पुस २० गते निष्कासन गर्न अनुमति दिएको हो ।

सान्जेनले ५७ मेगावाट क्षमताको तल्लो र माथिल्लो सान्जेन र रसुवागढीले १११ मेगावाटको रसुवागढी आयोजना निर्माण गरिरहेका छन् । सान्जेनको १ वर्ष र रसुवागढीको सन् २०१९ मा निर्माण काम सम्पन्न हुनेछ । माघको पहिलो साता आईपीओ निष्कासन गर्ने तयारी भएपछि कम्पनी रजिष्टार कार्यलयमा कम्पनीको अद्यावधिक गर्नुपर्ने लगायत अन्य प्रक्रियागत ढिलाइले फागुनको ११ गते पुगेको हो ।

विकासन्युज

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार