रसुवागढी र साञ्जेनको आइपीओ खुल्ला, कसलाई कति सेयर ?

काठमाडौं । आगामी फागुन ११ गतेदेखि खुला हुन लागेको रसुवागढी हाइड्रोपावर लिमिटेड र सान्जेन जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) अनलाइनबाट आवेदन दिन नपाइने भएको छ ।

आवेदकले फेरी पनि आईपीओ भर्न बैंकमै जानुपर्ने भएको छ । दुबै कम्पनीले फागनु ११ गतेदेखि २ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ बराबरको २ करोड ५१ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्दैछन् । सान्जेन र रसुवागढी दुवै कम्पनीको आइपीओ कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय तहका कर्मचारीले सेयर भर्न पाउनेछन् ।

दुबै कम्पनीले कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीलाई आईपीओ निष्कासन गर्न लागेका हुन् । दुबै कम्पनीले आउदो आइतबार आईपीको निष्कासनका लागि आब्हनपत्र सार्वजनिक गर्ने भएका छन् । रसुवागढीले १ अर्ब ६४ करोड २१ लाख ४ हजार रुपैयाँको १ करोड ६४ लाख २१ हजार कित्ता र सान्जेनले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् ।

दुवै कम्पनीको आइपीओ कर्मचारी संचय कोषका संचयकर्ता, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र रसुवा जिल्लाका स्थानीय निकायका कर्मचारीले फागुन ११ गतेदेखि ३० गतेसम्म भर्न पाउनेछन् । यता, सञ्चय कोषका कर्मचारीहरुले भने दुवै कम्पनीको आइपीओ चैत ५ गतेदेखि १३ गतेसम्म भर्न पाउने व्यवस्था गरिएको रसुवागढी हाइड्रोपावरका सीइओ माधव कोइरालाले जानकारी दिए । सान्जेन जलविद्युत कम्पनीको सेयरका लागि सञ्चय कोषका सञ्चयकर्ताले ७१ करोड १७ लाख ५० हजार रुपैयाँको ७१ लाख १७ हजार ७१ कित्ता सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीको संस्थापक सेयरधनी संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे, रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसका कर्मचारी) का कर्मचारीलाई १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर दिइनेछ । साथै, सञ्चय कोषका कर्मचारीले ३ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख ६५ हजार कित्ता आइपीओ भर्न छन् । सान्जेनले २४% आइपीओ निष्कासन गर्न लागेको छ । सान्जेनमा कर्मचारी कोषका सञ्चयकर्ताले न्यूनतम ५० देखि ३ सय कित्ता र सञ्जय कोषका कर्मचारीले न्यूनतम ५० देखि १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

रसुवागढी हाइड्रोपावर कम्पनीको सेयरका लागि संस्थापक कम्पनीका कर्मचारीहरुले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता भर्न पाउने छन् । यस्तै, सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता आइपीओका लागि आवेदन दिन पाउने छन् भने सञ्जय कोषका कर्मचारीले ६ करोड ८४ लाख २१ हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार २१० कित्ता सेयरका लागि आवेदन दिनेछन् ।

रसुवागढीले दोस्रो चरणमा आयोजना प्रभावितलाई १० प्रतिशत अर्थात र अन्तिम चरणमा सर्वसाधारणका लागि १५ प्रतिशत  सेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३२.७९ %, विद्युत प्राधिकरणको १८%, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहको ०.२१%  संस्थापक सेयर रहेको छ ।

यस्तै, सान्जेनले दोस्रो चरणमा आयोजना प्रभावितलाई १० प्रतिशत र अन्तिम चरणमा सर्वसाधारणलाई १५ प्रतिशत सेयर निश्कासन गर्ने जनाएको छ । कम्पनीमा चिलिमेको ३९.३६%, विद्युत प्राधिकरणको १०.३६ %, रसुवाका स्थानीय तहको १.२८ % संस्थापक सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार