ओली-दाहाल भेटबार्ता – के भयो समझदारी ?

काठमाडौँ । एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रियामा गत्यावरोध आएको हो कि भन्ने आशंका बढिरहेको बेला बिहिबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ ।

दुइ नेताबीचको भेटघाटले शुक्रबार पार्टी एकता संयोजन समितिको  बैठकसमेत तय गरेको छ ।

दुई नेताको सहमतिअनुसार पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको हो। संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ । बैठक बस्ने स्थान भने खुलाइएको छैन ।

‌ओली र दाहालबीच राष्ट्रिय सभा निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार