विश्व क्रिकेट लिग डिभिजन-२ : रेग्मीले दिलाए नेपाललाई रोमान्चक जित

काठमाडौँ । हारको संघारमा पुगीसकेको खेललाई बसन्त रेग्मीले उत्कृस्ट ब्याटिंग गर्दै नेपाललाई जिताएका छन् । नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ को पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको छ।

नामिबियाले दिएको १३९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा १२१ रनमा ९ विकेट गुमाएपछि बसन्त रेग्मी र सन्दिप लामिछानेले १० औं विकेटको लागि १८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाएका थिए।

अन्तिम २ ओभरमा नेपाललाई जितको लागि  १६ रन आवस्यक रहंदा बसन्त रेग्मीले ४९ औ ओभरको चौथो बलमा छक्का प्रहार गरेका थिए ।

त्यसपछि अन्तिम ओभरमा जितको लागि ७ रन आवस्यक रहंदा अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका देब्रे हाते ब्याट्सम्यान बसन्तले ओभरको दोश्रो बलमा चौका प्रहार गरेका थिए ।

४९.३ ओभरमा फ्रीलिंकको बल लेग साइडमा वाइड भएपछि नेपालले ३ बल बाँकी छदै खेल जितेको थियो ।

बसन्तले अविजित २४ रन बनाउने क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे भने सन्दिप १ रनमा अविजित रहे ।

१३९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ओपनर दिलिप नाथ खाता नखोल्दै दोश्रो ओभरमा आउट भएपछि दोश्रो विकेटको लागि पारस खड्का र ज्ञानेन्द्र मल्लले ३१ रनको साझेदारी गरेका थिए । पारस १३ औं ओभरमा विलियम्सको बलमा १९ रनको व्यक्तिगत स्कोरमा बोल्ड भएपछि नेपालले लगातार विकेट गुमाएको थियो।

नेपालका प्रारम्भिक तथा मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख सुन्य,  दिपेन्द्र ऐरी ६ , करन केसी ३ रनमा आउट भएपछि नेपालले २७ ओभर सकिंदा ५६ रनमा ६ विकेट गुमाईसकेको थियो।

त्यो अवस्थामा सातौं विकेटको लागि रोहित पौडेल र शरद भेसावकरले ३७ रनको साझेदारी गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए। तर शरद २९ रन बनाएर लुन्गामेनीको बलमा क्याच आउट हुन पुग्दा रोहित पौडेलले पनि १७ रनको स्कोरमा आठौँ विकेटको रुपमा स्कल्जको बलमा एलबिडब्लु हुँदै मैदान बाहिरिएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले ३४.२ ओभरमा सबै विकेट गुमाउदै मात्र १३८ रनमा समेटियो । नामिबियालाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछानेले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामिले ७ ओभरमा ३५ रन खर्चिदै ३ विकेट हात पारे । पारस खड्का, बसन्त रेग्मी र शरद भेसावाकरले १/१ विकेट झारे।

नामिबियाका लागि क्रेग विलियमसनले ४१ रनको आक्रामक पारि खेलेका थिए। ३४ बलमा ८ चौका प्रहार गरेका उनलाई जान फ्रान्कलिन तथा जेने ग्रीनले पनि समान २२/२२ रनको पारि खेलका थिए। विलियमसनलाई सन्दिप लामिछानेले एलबिडब्लु आउट गरे।

नेपालका सन्दिप लामिछाने खेलको म्यान अफ द म्याच घोषित भए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार