विश्व क्रिकेट लिग डिभिजन टू : टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले ओमानबिरुद्ध ब्याटिङ गरिरहेको छ । नामिबियाको एफिज पार्क मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङ गर्न लागेको हो ।

पहिलो खेलमा आयोजक टोलि नामिबियालाई १ विकेटले हराएको नेपाल आज पनि जितलाई निरन्तरता दिने योजनामा रहेको छ ।

प्रतियोगितामा कमजोर मानिएको ओमानविरुद्ध जित निकालेको खण्डमा नेपाललाई विश्वकप छनोट खेल्ने बाटो केही सहज हुनेछ ।

यतिबेला ओमान डिभिजन ३ को च्याम्पियन बन्दै डिभिजन २ मा उक्लिएको हो भने नेपाल डिभिजन १ बाट झरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार