अष्टलक्ष्मी पराजित, मुख्यमन्त्रीमा पौडेल पक्का

काठमाडौं । नेकपा एमाले प्रदेश ३ को प्रदेशसभा दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन्। शुक्रबार भएको मतदानमा पौडेलले प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् ।

पौडेल हेटौंडाका पूर्व नगरप्रमुख समेत हुन् ।

भर्खरै सम्पन्न निर्वाचनमा ५८ मध्ये पौडेलले ३४ मत पाएर विजयी भएका छन् । शाक्यले २४ मतमात्र पाएकी छिन् ।

एमालेभित्र पौडेल एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् भने  शाक्य बरिष्ठ नेता माधव नेपाल पक्षकी हुन्।

एमालेले ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि निर्वाचन गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार