नेपालको कमजोर ब्याटिङ प्रदर्शन, १३८ रनमा अल आउट

काठमाडाैं । आईसीसी विश्व क्रिकेट डिभिजन टू अन्तर्गत ओमानसँगको दोस्रो खेलमा नेपालले १३९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा १३८ रन बनाउदै अल आउट भएको हो  ।

नेपालका कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट प्रदर्सन गर्न सकेनन् । ७ रनमा ओपनर ज्ञानेन्द्र मल्ल आउट भए पछी कप्तान पारस खड्का र अर्का ओपनर दिलिप नाथले नेपाली इनिंग सम्हाल्ने कोसिस गरेका थिए । दिलिप नाथ १९ र कप्तान खड्का १७ रनको ब्याक्तिगत स्कोरमा आउट भए पछी नेपाली इनिंग ध्वस्त भएको हो ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान सरद भेषवाकरले सर्बाधिक २२ रनको योगदान गरे । दिपेन्द्र सिंह एरि २०, आरिफ शेख ६ र रोहित कुमार पौडेल १४ रनमा पेभेलियन फर्किए । नामिबिया संगको खेलमा २४ बलमा २४ रनको उत्कृष्ट पारि खेलेर टिमलाइ रोमान्चक जित दिलाएका बसन्त रेग्मी १ रनमा एलबीडब्लु  धरापमा परे । सोमपाल कामीले अविजित १७ रनको योगदान गरे ।

बलिङतर्फ ओमानका कलिमुल्लाह एक्लैले ४ विकेट लिँदा विलाल खानले २ विकेट हात पारे ।

ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार