विश्व क्रिकेट लिग डिभिजन टु : नेपाल ६ विकेटले पराजित

काठमाडौँ । नामिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ३९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमानले ३५ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले खेलमा फर्कन प्रयास गरे पनि असफल रह्यो । ओमानका लागि खवर अलीले सर्वाधिक ४६ रन बनाए । त्यस्तै भिएस वातेगाउन्करले अविजित ३७ रन बनाए भने जतिन्दर सिंहले २४ रनको योगदान दिए ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले २ विकेट लिए भने बसन्त रेग्मी र सोमपाल कामीले एक/एक विकेट लिए ।

यसअघि नामिबियाको विन्डहक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा १३८ रन बनाउदै अल आउट भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार