७१ जना सवार रूसी विमान दुर्घटनाग्रस्त

मस्कोको डोमोडेडोभो विमानस्थलबाट उडेको बिमान दुर्घटना भएको छ । सारातोभ एयरलाइन्सको ‘एन १४८’ विमान कजाकिस्तानको सिमानामा दुर्घटनाग्रस्त भएको हो ।
विमानमा यात्रु र चालक दलका सदस्य गरी ७१ जना रहेको बताइएको छ । विमानमा रहेका कोही पनि जीवित हुन नसक्ने रसियाका अधिकारीहरूले बताएको बीबीसीले लेखेको छ।
उक्त विमान उडेको केही समयमा नै दुर्घटनामा परेको अधिकारीहरूले जानकारी दिएका छन् । मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वी क्षेत्रस्थित आर्गुनोभोमा विमान खसेको हुन सक्ने ठानिएको छ।
विमानले रनवे छोडेको ५ मिनेटपछि नै राडारबाट सम्बन्धविच्छेद भएको विमानको गतिविधि नियाल्ने साइटले ट्विट गरेको छ। उक्त विमान आइतबार मध्याह्न दुर्घटनाग्रस्त भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार