अर्थतन्त्र सुधारका लागि प्रयास भैरहेको छ – अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयातमा निर्भर मुलुकको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा निर्भर अर्थतन्त्रको रुपमा अघि बढाउने गरी सरकारले विभिन्न सुधारका प्रयास अघि बढाएको बताएका छन् ।

नेपाल अटोमोवाइल डिलर्स एशोशियसन (नाडा)ले आयोजना गरेको नाडा अटो शो मेलाको मंगलबार राजधानीमा उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले आन्तरिक अत्पादनमा आधारित अर्थतन्त्र नै दिगो र भरपर्दो हुने भएकोले आन्तरिक उत्पादनबाट दुुई तिहाई राजस्व संकलन गर्ने गरी काम अघि बढाउन सरकार लागि परेको उल्लेख गरे ।

ऋणमा आधारित उपभोगले मुलुकको अर्थतन्त्रको विकास र दिगो आर्थिक वृद्धिमा योगदान नदिने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले सरकार मुलुकमा एसेम्बिलिडमा आधारित उद्योग, विद्युतमा आधारित सवारी साधनहरु र ठूला यातायातका साधन सञ्चालनमा जोड दिएकोले त्यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।

काठमाडौंको भृकुटीमण्डपमा भईरहेको नाडा अटो शो मेला भदौ ३१ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार