अब उड्ने स्कुटर आउदै, हेर्नुस् कति छ मूल्य

एजेन्सी । चीनको गुआंडोंग प्रान्तका डोंगुआन शहरमा ज्हाओ डेली नामका एक ब्यक्तिले एउटा फ्लाइङ स्कुटर तयार पारेका छन् । डेलीले यो विश्वको पहलिो फ्लाइङ (उड्ने) स्कुर भएको दावीसमेत गरेका छन । अहिले उनी ४० वर्षको उमेरमा आएर उनलाई यो सफलता मिलेको हो र उनी आफनो फ्लाइङ स्कुटर बनाउन सफल भएका छन् ।

डेलीका अनुसार उनलाई आफनो सपना साकार पार्नका लागी स्कुटर बनाउन मात्र २ वर्ष लागेको र यो दौरान उनी १ हजार ५ सय ५९ पटक असफल समेत भएको बताएका छन् । उनले भने ‘हरेक हारसँग केही न केही सिके, स्कुटर बनाउनको लागी मैले आफनो घर पनि बेच्नु पर्यो र साथीहरुसँग उधारो पनि लिनु पर्यो ।’

उड्ने स्कुटर बनाउनमा सफल पछि उनले अब यसको प्रोडक्शन शुरु गर्ने योजना बनाइरहेको बताएका छन् । यसको मुल्य ५ लाख देखी ८ लाख सम्म हुने सम्भावना रहेको बताएका छन् । यो भन्दा पहिला ज्हाओले पेट्रोलबाट चल्ने ड्रोन पनि बनाइसकेका छन् ।

उनले आफनो यो उड्ने स्कुटरको भिडियो सोशल मिडियामा पोस्ट पनि गरेका छन् र यसलाई धेरैले मन पनि पराएका छन् । यो भिडियोमा जो व्यक्तिले स्कुटर उडाइरहेका छन् उनी नै हुन ज्हाओ । ज्हाओ सानोबेला स्कुटरमा आफुलाई उडेका देख्थे त्यसैले उनले यो स्कुटरमा पछाडि एकजना अट्ने सिट पनि बनाएका छन् ।

यो फ्लाईङ स्कुटर २५६ किलोग्रामको छ र यसको रफ्तार ७५ किलोमिटर प्रति घण्टामा उड्नेछ । यसको ब्याट्री एक पटक चार्ज भएपछि ३० मिनेटसम्म काम गर्दछ । उनले यसको नाम ‘जिन डोउ यून’ राखेका छन् जसको मतलब हो एउटा बादल जसलाई चीनीया सुपरहीरो ‘मंकी राजा’ चलाउछन् ।

रिपोर्टका अनुसार उनले उक्त स्कुटरको टेस्ट फ्लाइट १ हजार पटक गरीसकेपछि मात्र दुनियाँ सामु सार्वजनिक गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार