‘अतिथि देवो भवः राष्ट्रिय अभियान’

पर्यटन क्षेत्रलाई उधमशीलता, उत्पादन र रोजगारीमा जोड्न सके सबैलाइ फाइदा

साहस न्यौपाने-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीले आजको प्रमोसनलाई हिजोको संस्कारसँग जोड्नसके पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने र पर्यटनबाटै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । अतिथिलाई सत्कार र सम्मान गर्ने नेपाली संस्कार विश्वमै अद्धितीय रहेको भन्दै उनले नयाँ पुस्तालाइ त्यसमा जोड्न आवश्यक रहेको बताए ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपाल पर्यटन पत्रकार महासंघले राजधानीमा आयोजना गरेको ’अतिथि देवो भवः राष्ट्रिय अभियान’को उद्धघाटन गर्दै मन्त्री अधिकारीले अतिथिलाइ देवता सरह मान्ने नेपाली संस्कारलाइ नयाँ पुस्तासम्म जोड्न आवश्यक रहेकोमा जोड दिँदै सञ्चार क्षेत्रले त्यो भूमिका निर्वाह गर्न सक्नुपर्ने बताए । ‘अतिथिलाई देवता सरह मान्ने र सत्कार गर्ने हाम्रो मौलिक संस्कार हो, दुःखमा पनि मुस्कुराउने र साथ दिने हाम्रो ऐतिहासिक संस्कारलाइ नयाँ पुस्तासम्म जोड्न सके पर्यटनमा नयाँ जागरण आउछ ।’ उनले भने ।

मुलुकको आर्थिक समृद्धिको मुख्य आधारको रुपमा रहेको पर्यटन क्षेत्रको प्रर्वद्धन औपचारिकतामा मात्र सिमित रहन नहुनेमा जोड दिँदै मन्त्री अधिकारीले विद्यालय र विश्वविद्यालय तहमै यस्ता अभियानहरु चलाउंन सके पर्यटन प्रवद्र्धनका अभियानहरुले खास अर्थ राख्ने बताए । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको जानकारी दिँदै उनले पूर्वाधार विकास गर्न नसके सत्कारले मात्र सो लक्ष्य हाँसिल गर्न नसकिने कुरामा सरकार सचेत रहेको धारणा राखे । पर्यटकीय गन्तव्य भन्ने बित्तिक्कै काठमाडौँ, पोखरा, लुम्विनी र चितवनलाई बुझ्ने परम्परागत सोचलाई बदल्न आवश्यक रहेकोमा जोड दिँदै उनले ग्रामिण पर्यटनको विकास गर्न सके मात्र पर्यटन क्षेत्रबाट सबैले फाइदा लिन सक्ने जानकारी दिए ।

पर्यटक भन्ने बित्तिक्कै गोरा छाला भएकालाई बुझ्ने पुरानो परिभाषा बदल्नु पर्नेमा मन्त्री अधिकारीको जोड थियो । उनले आन्तरिक पर्यटनको विकास नभई बाह्य पर्यटनको विकास नहुने बताए । सन् २०२० को दशकलाई सरकारले नेपाल भ्रमण वर्षको दशकको रुपमा मनाउँने र विभिन्न अभियानका कार्यक्रम संचालन गर्ने जानकारी गराउँदै उनले त्यसलाई सफल बनाउँन नयाँ गन्तव्य खोज्ने, प्रवद्र्धन र प्रचारप्रसार गर्ने काममा प्रदेश सरकार, स्थानीय सरकार, पत्रकार र सरोकारवाला सबै पक्षले साथ दिनुपर्ने बताए । सरकारले यसअघि नै एकसय वटा नयाँ गन्तव्य पहिचान गर्ने घोषणा गरीसकेको बताउंदै मन्त्री अधिकारीले सय गन्तव्यको कुरा सिम्बोलिक रुपमा उठाइएको तर त्यो भन्दा बढी गन्तव्य पहिचान गरी त्यसको प्रवद्र्धन गरिने प्रष्ट पारे ।

पर्यटन उधोग जति जना र जति लगानीमा पनि गर्न सकिने सरल उधोग हो भन्दै मन्त्री अधिकारीले यो अभियानलाई उधमशीलता, उत्पादन र रोजगारीमा जोड्न सके मात्र सबैले फाइदा लिन सक्ने बताए । ‘सकारात्मक सोचका साथ सरकारको अभियानलाइ साथ दिनुस्, यो क्षेत्रले सबैलाइ फाइदा दिन्छ ।’ उनले भने । ‘पर्यटन क्षेत्र बहुक्षेत्र कनेक्सनको क्षेत्र हो, सबैले लाभ लिने हो भने सबै पक्ष यो अभियानमा जोडिनु पर्छ ।’
पत्रकारहरुले आजको कुरालाई हिजोको संस्कारसंग जोड्ने र पर्यटन क्षेत्रको विकासमा आफ्नो लेखनद्वारा योगदान दिनेमा आफू विश्वस्त रहेको मन्त्री अधिकारीको भनाइ छ ।

देशभरका करिव ७० जना पर्यटन विधाका पत्रकारहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्री अधिकारीले नेपाल पर्यटन पत्रकार महासंघका अध्यक्ष धनिराम शर्मा ‘ऋतुविचार’लाइ नेपालको राष्ट्रिय झण्डा मुनि नेपाल भ्रमण वर्ष अंकित झण्डा र पर्यटन पत्रकार महासंघको लोगो अंकित झण्डा समावेस गरी बनाइएको आकर्षक झण्डा हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका थिए । सरकारको सहयोगी भएर पर्यटन प्रवद्र्धनमा साथ दिन र नेपालको पर्यटन क्षेत्रलाई मुलुकको समृद्धि र विकाससँग जोड्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री अधिकारीले महासंघले थालेको अभियानमा सरकारले साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

सरकारको सन्देशका रुपमा उक्त झण्डा लिएर देशभर पर्यटन प्रवद्र्धन र जागरणका अभियान चलाउने महासंघले जनाएको छ । अभियान अन्तरगत प्रदेश र जिल्लामा पर्यटन बिज्ञहरुसंगको अन्तरक्रिया, फोटो प्रदर्शनी, हजार नयाँ गन्तव्यको खोजी, सांस्कृतिक अभियान, सरसफाइ, हस्पिटालिाटी, हजार होमस्ट, हजार संस्कृति, स्थानीय उत्पादनको प्रवद्र्धन, नयाँ सर्किट, दुलर्भ वन्यजन्तु संरक्षण, बजारीकरण जस्ता प्रवद्र्धनात्मक काम गरिने अध्यक्ष शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार