हूर्मत राम्रो छ सरकार ! (कविता)

जयराम अाचार्य

तामसी प्रवृत्ति भएको
एउटा कुटिनीबृत्ति चलिरहेको
शहरको कुनामा
एउटा तीर्थयात्राको लस्कर लागेको
सच्चिदानन्दमा
जीवन खोज्नेहरूको भीडले
फुङ्ग उडेको पहाड
बनाइसक्दा पनि संसार
किन नबोलेको सरकार ?

सरकार नै बलत्कारी हो कि
बलत्कारी नै सरकार
श्रीमान् मातेसी श्रीमतीलाई मार
हूर्मत राम्रो छ सरकार !

रेमिट्यान्सले सुन्निएको थैली खोलेर
चारो हालेको बचेरा बबुरो
आर्तनादमा आखत हेर्छ
मोटाउने कल्पनाको
अफसोस्
कुपोषणले गरेसी प्यार
लगाउँछ नि अर्कैले हार
अनि फेरिन्छ सरकार !
अनि फेरिन्छ सरकार !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार