१२ करोडको लागतमा चार्जिङ स्टेशन

भैरहवा । लुम्बिनीकालागी आएको बिजुली बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेका छन् । काठमाडौंमा सुरुवात गरिएको बस लुम्बिनीका लागी आएको हो । लुम्बिनीदेखि भैरहवा, लुम्बिनीदेखि तिलौराकोट, लुम्बिनीदेखि रामग्राम चलाउनेगरी एशियाली विकास बैकले उक्त बस नेपाल सरकार पर्यटन मन्त्रालयलाई हस्तान्तरण गरेको हो ।

तर एडिबीसँगको सम्झौता विपरित तत्काल साझा यातयातको व्यवस्थापनमा काठमाडौंमै चल्नेगरी बिजुली बसको सुरुवात गरिँदा लुम्बिनीसँग सरोकारित व्यक्तित्व, संघसंस्था र पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
पर्यटन व्यवसायीहरुले लुम्बिनीकोलागी आएको आयोजना परियोजना लुम्बिनीमा नै आउनुपर्ने बताएका छन् । लुम्बिनीको संग्रहलाय नजिकैं उक्त बस चार्ज गर्न करिब १२ करोडको लागतमा ठेक्का प्रक्रिया मार्फत चार्जिंग स्टेशन पनि निर्माण गरिदैंछ । जापनस्थित ईशाका कम्पनीले चालु वर्षको अन्तिम सम्म काम सम्पन्न गर्नेगरी ३ महिना अगाडी उक्त कामको ठेक्का पाएको थियो । लुम्बिनी विकासका योजना प्रमुख सरोज भट्टाराईका अनुसार उक्त काम समयमै सकिनेगरी भईरहेको छ ।

एशियाली विकास बैंकले पर्यटन मन्त्रालयसँग सम्झौतागरी पाँचवटा बस दिएको हो । सम्झौता अनुसार लुम्बिनी विकास कोषले सञ्चालन गर्नेगरी ल्याइएको उक्त बसहरु साझा यातयातले हतार हतारमा काठमाडौंमा शुभारम्भ गरेर गल्ती गरेको नागरिक अगुवा विजय सागरले बताए ।

लुम्बिनीलाई स्वच्छ वातवरण बनाउने ध्ययले ल्याइएको बिजुली बसहरु काठमाण्डौंमा लगेर शुभारम्भ गरिनु गलत भएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष सिपी श्रेष्ठले जनाए । उनले भने, ‘लुम्बिनीमा अन्य सवारी साधनले बायु प्रदुषण भयो भनेर दातृ निकायले बिजुली बस दिएको हो । ती बस तुरुन्त लुम्बिनीलाई केन्द्रमा राखेर सन्चालन गरिनु पर्दछ । ’ उनले भने ‘लुम्बिनीमै शुभारम्भ गरिनुपर्ने बिजुली बस काठमाण्डौंमा गरेर व्यवस्थापन गर्नेहरुले प्रधानमन्त्रीलाई समेत विवादमा ताने । अब ढिला नगरी ती बस लुम्बिनीमै ल्याई सञ्चालन गर्नुपर्दछ’

नेपाल एशोसियसन अफ टाभल एण्ड टुर एशोसियसन अफ नेपाल ९नाट्टा० प्रदेश नम्बर ५ का अध्यक्ष विष्णु शर्माले यो घटनाले पर्यटन व्यवसायीलाई अत्यन्तै दुखी बनाएको बताए । उनले भने ‘लुम्बिनीको नाममा हरेक ठुला परियोजना यसरी नै आफु अनुकुल प्रयोग गर्दै आएका छन् भन्ने तथ्यपरक देखिएको उदाहरण हो । अदृश्य त कति छन् कति । ’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार