युएईमा अलपत्र काभ्रेली सोनिका नेपाल फर्किदै ।

नयाँ प्रबाह दैनिक युएई,

बैदेशिक रोजगारीको लागी लगभग एक महिना अगाडी युएईको राजधानी आबुधाबी स्थित एक कम्पनीमा आईपुगेकी काभ्रे फुलबारीकी सोनिका तामाड.लाई काभ्रे सेवा समाज युएई र तामाड. समाज युएईको संयुक्त पहलमा उद्धार गरि नेपाल फिर्ता पठाउने भएको छ ।
युएई आएर कम्पनिमा काम शुरु गरेको केहि दिनमा सामन्य बिरामी भएपछि कम्पनिले भिसा बापतको बाह्रासय दिराम क्षेतिपुर्ति तिरेर आफैले टिकटको ब्यबस्था गरि नेपाल जान सक्ने बताए पछि काभ्रे सेवा समाज युएईले उक्त क्षेतिपुर्तिको लागी सदस्यहरुबाट स्वच्छिक रकम संकलन गरि पिडित तामाड.लाई हस्तान्तरन गरेको थियो ।
काभ्रे सेवा समाजले क्षेतिपुर्तिको रकमको ब्यबस्था गरेपछि तामाड. समाज युएईका प्रबक्ता सुनिल लामा र अन्य सदस्यहरुको सहयोगमा तामाड. समाज युएईले पिडित तामाड. लाई नेपाल फर्किने टिकटको ब्यबस्था गरेको छ ।
अलपत्र परेका यस्तै धेरै नेपालीहरुलाई सहयोग गर्दै आईरहेको काभ्रे सेवा समाज युएईले बिगतमा पनि पिडितको उद्धार, बिरामीहरुको उपचारको लागी आर्थिक सहयोग, दैबि प्रकोप तथा प्राकृतिक प्रकोपमा परेर दुख पाएकाहरुलाई बिभिन्न सहयोग गर्दै आईरहेको समाजका अध्यक्ष दिल लामाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार