श्रृंखला मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन्

काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा चीनमा भइरहेको मिस वर्ल्ड २०१८ को फाइनल राउण्डको टप १२ बाट बाहिरिएकी छन् । एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी श्रृंखला बाहिरिएकि हुन्।

उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका थिए। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिए । टप ५ मा थाइल्याण्डकी सुन्दरी छनोट भइन् ।

मिस एसियाको उपाधि पनि थाइल्याण्डकी सुन्दरीले जित्दै टप ५ मा प्रवेश गरेकि हुन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार