सेन्चुरीको प्रथम कोशेली ‘आउला माया छिटै’ सार्बजनिक (भिडियो सहित)

उत्तम बिक-

काठमाडौ । वैदेशिक रोजगारीको शिलशिलामा युएईमा कार्यरत बहुप्रतिभाका धनी कलाकार ईन्द्र सिन्चुरीको प्रथम कोशेली ‘आउँला माया छिटै’ १३ पौष २०७५ का दिन देखी बजारमा आएको छ ।
नेपाली सांगीतिक वजारमा थुप्रै हास्यव्यंगत्मक प्रस्तुती दिएर दर्शक-श्रोता माझ चर्चित बन्दै गएका कलाकार सिन्चुरीले परदेशमा रहेका नेपालीहरुको कथा ब्यथालाई समेटेर उक्त एल्बम बजारमा ल्याएका हुन् ।
सुमधुर स्वरका धनी गायक नन्दु राईको स्वर तथा संगीतमा बजारमा आएको एल्बमको निर्देशन खुम सुनारले गरेका हुन् ।
युएईको दुबई शहरस्थित बिभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा काठमाडौको धिताल चोकको समेत रमणीय दृश्य देख्न पाईने कलाकार सिन्चुरीले जानकारी दिए ।

मोडल साया भन्डारी र ईन्द्र सिन्चुरीको सानदार अभिनय रहेको उक्त एल्बममा प्रेम कुमार थारुले ईडिटिङ गरेका छन् भने दिप घतानीको मिक्सिङ रहेको छ । सुर्य कुमार बोहोरा र अरुण कुमारको छयाङकनमा निर्मित ‘आउँला माया छिटै’ मा सागर महत, निमेष पुन, दुर्गा सुनार लगायतले सहयोगी भुमिका खेलेका छन् भने उक्त गितको शब्द रचना सिन्चुरी आफैले गरेका हुन् ।

आजबाट बजारमा आएको उक्त म्युजिक भिडियो हेरेर मनोरञ्जन लिदै नेपाली कलाकारिता र कलाकारहरुको सम्मान गरौं हाम्रो तर्फबाट पनि नव प्रतिभावान कलाकार सेन्चुरी र उक्त एल्बम सफलताको शुभकामना ।

भिडियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार